शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भारतले पानी रोकपछि विद्युत उत्पादन ठप्प

मङ्गलबार, १३ कात्तिक २०७५, ०७ : २२
मङ्गलबार, १३ कात्तिक २०७५

नवलपरासी - पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ । 

भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो । 

भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए । 

भारतले पत्येक बर्ष कार्तिकमा ४० दिनसम्म नहरमा पानी रोक्ने गरेको छ । आजको नयाँ पत्रिकाले पृष्ठ ४ मा समाचार छापेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप