शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्प्राइटद्वारा प्रोमो अभियानका बिजेता घोषणा

आइतबार, ०८ साउन २०७४, १२ : ०१
आइतबार, ०८ साउन २०७४

काठमाडौं– गर्मीमा धेरै भन्दा धेरै ग्राहक मझ पुगेर रिफ्रेशमेन्ट दिन कोकाकोला नेपालले जेठ २७ देखि घोषणा गरेको नयाँ प्रोमो साउन १४ गतेसम्म संचालन हुनेछ । यो प्रोमो अन्तर्गत हरेक घण्टा १ सामसुङ ग्यालेक्सी ‘जे२ प्रो’ लगायत आकर्षक उपहार जित्ने मौका प्रदान गरेको छ । 

प्रत्येक दिन ८ घण्टासम्म सामसुङ ग्यालेक्सी ‘जे२ प्रो’ जित्ने भाग्यशाली बिजेताको नाम घोषणा हुदै आइरहेको छ । अहिलेसम्म ३ सय भन्दाबढी भाग्यशाली बिजेताले सामसुङको ग्यालेक्सी जे टू प्रो जिति सकेको कम्पनीले जनाएको छ । 

यो अफरमा सहभागी हुनको लागि ग्राहकले लेवलपछाडिको युनिक कोडलाई एसपी स्पेश युनिक कोड टाईप गरि ३७७२२ मा एसएम एस गर्नुपर्ने छ । प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म लक्की ड्र गरि हरेक घण्टा १ बिजेता छानिने छ । ग्राहकले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ । यो अफर बिना स्टक पनि उपलब्ध छ । 

५०० मिलि, १।५ लिटर र २।२५ लिटर स्प्राईटका साथै कोक(कोला र फ्यान्टाको खरिदमा यो गर्मीमा चिसो अनुभवसँगै आकर्षक उपहार जित्ने अवसरको आनन्द लिन पाइने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप