शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, १३ कात्तिक २०७५, ०६ : २३
मङ्गलबार, १३ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक १३ गते । मंगलबार । ईश्वी सन् २०१८ अक्टोबर ३० तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि षष्ठि,२० घडी ०९ पला,दिउँसो ०२ बजेर १७ मिनेट उप्रान्त सप्तमी । नक्षत्र आद्रा,०२ घडी २३ पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त पूनर्वशु । योग सिद्ध,३४ घडि १४ पला,बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त साध्य । करण वणिज,दिउँसो ०२ बजेर १७ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ०९ मिनेट उप्रान्त वव । आनन्दादिमा चर योग । चन्द्रराशि मिथुन । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट । दिनमान २७ घडी ४५ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुने हुनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशि सस्था तथा नियोग तिर काम पाउँने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न भौतिक तथा बिलाशि सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानि हुने व्यावसायमा लगानि गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मनग्गे आम्दानि गर्न सकिनेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित व्यावसाय बाट मनग्गे आम्दानि हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसि पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाँफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेम तथा पति पत्निबिच केहि बिषयमा मनमुटाब बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ  । धन माल हराउँन तथा लुटिन सक्छ सजक रहनु होला । व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउँन सक्ने हुनालेसजक रहनु पर्नेछ । दिदि बहिनि सँग मनमुटाब बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसाय आम्दानि थोरै हुनेछ भने आज लगानि नगर्नुनै राम्रो हुनेछ । शुभचिन्तकको पनि साथ नहुँने हुँदा एक्लो पनको महशुष हुनेछ । पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बिच भनाभन हुँने प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँने छैन । बिलाशि सामान प्राप्तिको योग भएपनि तपाई आफ्नै कारणले टरेर जानेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला ।  

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्यामा गरिएको लगानि बाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानि बढाउँने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । तापनि व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप