आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

७ बर्षपछि मुम्बई शहरमा आयशा, उनको गेटअपले उडायो धेरैको होस्

सोमबार, १२ कात्तिक २०७५, १९ : ०४
सोमबार, १२ कात्तिक २०७५

मुम्बई– सलमान खानका साथ सुपरहिट चलचित्र ‘वान्टेट’ दिएकी अभिनेत्री आयशा टाकिया पुरै बदलिएकी छन् । उनले आफ्नो पहिलेको लुक पुरै चेन्ज गरेर अहिले नयाँ बनाएकी हुन् ।

बिगत ७ बर्षदेखि बलिउड भन्दा टाढा रहेकी अभिनेत्री आयशा आइतबार भने मुम्बईमा देखा परिन् । सो क्रममा उनको जुन तस्विर सार्वजनिक भएको छ । त्यसमा उनलाई निकै मोटी देख्न सकिन्छ । चिन्न मुस्किल पर्छ ।

३२ बर्षिया आयशा अहिले पुरै तवरले चेन्ज भएकी छन् । बलिउडबाट टाढा रहेर उनी अहिले आफ्नो पुरै समय परिवारलाईनै दिइरहेकी छन् । 

आयशाको अहिलेको तस्विर सोसल मिडियामा भाइरल समेत भएको छ । तस्विरमा उनी ग्ल्यामरस् अवतारमा समेत देखिएकी छन् । तर उनका फ्यानले उनलाई सजिलै चिन्न सकेका छैनन् । 

उनको तस्विरलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल समेत बनाएका छन् । तस्विरमा उनले जिन्स पाइट र टप लगाएकी छन् । उनको पहिलेको कालो लामो कपाल समेत अहिले रंगिन भएको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई इन्डियाको किम कार्दसियन समेत बनेर मजाक उडाएका छन् । 

आयशाले २००४मा ‘टार्जन ः द वन्डर कार’बाट बलिउड करियर सुरु गरेकी थिइन् । उनका ‘डोर’, ‘सलाम ए इश्क’ जूता हिट चलचित्र बजारमा आएका छन् । -एजेन्सी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप