शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा रियल स्कूलअफ नेपालको क्षेत्रिय फाइनल

आइतबार, ०८ साउन २०७४, ११ : ४४
आइतबार, ०८ साउन २०७४

काठमाडौं–रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जिएचपि सेकेण्डरी स्कूल घोषित भएको छ । 

विजयी विद्यालयका सहभागी विद्यार्थी अन्जली दुबे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेस चौधरी र अयुब मिया हुन् ।  यी विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै सिनियर समुह र जुनियर समुहका विजेतामा सिनियर समुहवाट एक्सटेम्पोरमा अन्जली दुबे, जिएचपि सेकेण्डरी स्कूल, डान्समा अनिसिखा बस्नेत मुनलाइट इङ्गलिस बोर्डिङ्ग स्कूल र फुटबल जगलिङमा कार्लोस पटेल गौतम सेकेण्डरी स्कूल छन् । 


यस्तै, जुनियर समुहमा पेन्टिङमा योगेस चौधरी जिएचपि सेकेण्डरी स्कूल,(थ्री) ३ मिनेट टु फेममा रुपक क्षेत्री गौतम सेकेण्डरी स्कूल र स्कोर द रियल गोलमा अयुब मिया जिएचपि सेकेण्डरी स्कूल छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप