बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दर्जिलिङ बन्यो प्रदीप र जसिताको ‘लभ स्टेशन’

सोमबार, १२ कात्तिक २०७५, १२ : १४
सोमबार, १२ कात्तिक २०७५

काठमाडौं – चलचित्र ‘लभ स्टेशन’ यति बेला दाजलिङको विभिन्न स्थानमा छायांकन भइरहेको छ । 

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्र छायांकनको अन्तिम चरणमा रहेको निर्माता गोविन्द शाहीले बताए । 

‘११ आसोजबाट दर्जिलिङदेखि छायांकन सुरु भएको चलचित्र अब केही दिनको काम मात्र बाँकी रहेको छ’ निर्माता शाहीले भने ,  ‘तोकिएको समयमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं ।’ 

‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लथगायत कलाकारको अभिनय रहनेछ । 
उज्वल घिमिरेले निर्देशन गरिरहेको चलचित्र पारिवारिक प्रेमकथामा आधारित छ । 

काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेको चलचित्र दाजिर्लिङको अलवा कालिङपोङ, सिक्किम, फिक्कलमा समेत छायाँकन गरिएके छ । 

आलोक शुक्लाको, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको चलचित्रको उमेश थापा लाईन प्रोड्युसर हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप