शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ ‘वानप्लस ५’ बजारमा

आइतबार, ०८ साउन २०७४, ११ : ३५
आइतबार, ०८ साउन २०७४

काठमाडौं–वानप्लसले आफ्नो प्रिमियम फ्ल्याग शिप स्मार्टफोन मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन वानप्लस ‘५’ सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गरेको छ ।


वानप्लस –५’ मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली अहिलेको स्मार्टफोनमा भएजस्तै रहेको छ ।  जसले अहिलेसम्मकै सबैभन्दा स्पष्ट तस्विर खिच्न सकिने जनाइएको छ । ड्यास चार्ज, वानप्लसको इण्डष्ट्रि नेतृत्व चार्जिङ् टेक्नोलोजी, जसले प्रयोगकर्तालाई आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि शक्ति प्रदान गर्ने जनाइएको छ । 


क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्म, ८ जीबीसँगको संयोजनमा, फोनले सहज यूजर एक्सपेरियन्स न्यून शक्ति प्रयोगमा दिएको छ । वानप्लस–‘५’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्ने छ । वानप्लस ५ ७.२५ मिलिमिटर पातलो छ भने मिडनाइट ब्ल्याक र स्लेट ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ ।  


ड्यूल क्यामरा सिस्टम रहेको यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूल क्यामरा लेन्स रहेको छ ।  जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनैपनि वातावरणमा तय गर्न सहयोग गर्दछ ।

यसमा ठूलो किसिमको अपार्चर रहेको छ । जसले तिब्रगतिमा फोटो खिच्न र दृश्यमा स्थीरता कायम गर्न सहयोग गर्दछ । यसको बजा मल्य ५९ हजार ४ सय ९९ रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप