'रेड पासपोर्ट' लिनेको संख्या बढ्यो
काठमाडौं - मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ ।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ ।
गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको छ । यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए ।
मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् । जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कुटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण