गोरु ओसारपसार गर्ने ९ वटा ट्रक प्रहरी नियन्त्रणमा
आइतबार, ११ कात्तिक २०७५, २३ : १६
लमही-दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला सदस्य सुरज परियारले जानकारी दिए ।
नेपालगञ्जबाट गढवा हुँदै भारततर्फ लग्ने तयारीमा रहेको सो ट्रकका लाइसेन्स, ब्लू बुक र साँचो नियन्त्रणमा लिइएको जनाइएको छ । सो सडकखण्ड भएर नियमित रुपमा गोरु ओसारपसार हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण