शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनका लागि सिमसारमा डुंगा चलाउन शुरु

आइतबार, ०८ साउन २०७४, ११ : २४
आइतबार, ०८ साउन २०७४

पथरी -उर्लाबारी–२ मंगलबारेमा रहेको बेतिनी सिमसारमा दुईवटा डुंगा चलाउन शुरु गरिएको छ । 

बेतिनी सिमसार व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दाहालका अनुसार सिमसारमा अवस्थित पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो । 

उर्लाबारी नगरपालिकाले सिमसारको विकासका लागि नगरपालिकाले बजेट छुट्याउने भएपछि सिमसार विकासको काम अगाडि बढाइएको हो । 

बेतिनी सिमसारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै जैविक विविधता संरक्षणमा पनि ठूलो भूमिका खेल्ने उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको भनाइ छ । उहाँले भन्नुभयो – “पर्यटन प्रवद्र्धन गरेर यो ठाउँको विकासमा सिमसारले महत्वपूर्ण सहयोग गर्छ । 

सिमसारमा राखिएका ती दुईवटा डुंगा रु एक लाख ९० हजार खर्चिएर ल्याइएको हो । डुंगा चढेबापत प्रतिव्यक्ति रु ५० लिने सिमसार व्यवस्थापन समितिले जनाएको छ । 

उक्त सिमसार परिसरमा बाल उद्यान निर्माणको कामसमेत भइरहेको सिमसार व्यवस्थापन समितिका सचिव गोपाल खरेलले बताउनुभयो । 

सिमसारको शहर भनेर घोषणा गरिएको उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर सिमसारलगायत अन्य सिमसार क्षेत्र पर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप