काँग्रेस : निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने
त्रिशूली - स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ ।
कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।
जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनका पार्टीका उम्मेदवारलाई असहयोग गर्ने, हराउन सक्रिय हुने र बागी उम्मेदवारी दिनेलाई समितिले छानबिन गरी कारबाहीका लागि सिफारिस गर्ने भएको छ ।
समितिले वडादेखि गाउँपालिका र नगरपालिकामा अन्तरघात गर्नेको सूची तयार पारेपछि कारबाहीका लागि केन्द्रमा सिफारिस गर्ने केसीले बताउनुभयो । निर्वाचनमा पराजित भएका उम्मेदवारले दुई दर्जनभन्दा बढी उजुरी दिएका छन् । यसैबीच कांग्रेस ३ नंं क्षेत्रीय कार्यसमितिको बैठकले गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने मेघाङ देउरालीका रामबहादुर तामाङ, किस्पाङ भाल्चेका लोकबहादुर घले र विदुर नगरपालिकाका कृष्णबहादुर खड्कालाई पाँच वर्षका लागि साधारण सदस्यताबाट निलम्बन गरी जिल्ला कमिटीलाई बुझाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु