बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्वस्तिमालाई सडकमा नचाएर गीत रिलिज गर्दै ‘बुलबुल’

आइतबार, ११ कात्तिक २०७५, १२ : ३०
आइतबार, ११ कात्तिक २०७५

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले टेम्पो ड्राइभरको भूमिका निर्बाह गरेको चलचित्र ‘बुलबुल’को ‘खुदाखुद्री’ बोलको गीत चलन चल्ती भन्दा भिन्न तरिकाले रिजि गरिने भएको छ । 

गीतमा कलाकार तथा डान्सरलाई बजारमा नृत्य गराउँदै चलचित्रको गीत रिलिज गर्ने तयारी निर्माण युनिटले जनाएको छ । 
 
गीतमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थालेको देख्न सकिन्छ । ‘खुदाखुद्री’ बोलको यो गीत एकै साथ पाँच शहरमा सार्वजनिक गरिन लागेको हो । 

निर्माण टिमले जानकारी गराए अनुसार फिल्मको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिनेछ । 


१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् । 

काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । 

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख खर्च भएको दाबी निर्माण टिमको रहेको छ । 

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए ।  ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् । 

चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गरे । स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको चलचित्रमा अभिनय रहेको छ । चलचित्र ३ फागुनमा रिलिज हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप