बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुलिखेलका मेयर ब्याञ्जुसँग अमेरिकामा अन्तरक्रिया

आइतबार, ११ कात्तिक २०७५, ११ : ०४
आइतबार, ११ कात्तिक २०७५

डिसी– धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जुले धुलिखेललाई सत प्रतिशत साक्षरता र बालश्रम मुक्त घोषणा गर्ने बताएका छन् । अमेरिकाको डिसीमा भएको एक अन्र्तक्रिया कार्यक्रममा मेयर ब्याञ्जुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नगर प्रमुख ब्याञ्जु सहित रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेत तथा सडक बिभागका शिव हरि सापकोटा समेतले सहभागि भएका थिए । 
नेपाल नगरपालिका संघका अध्यक्ष समेत सहित रहेका प्रमुख ब्याञ्जुले नेपाल कृषिमा तरकारी, कुखुराको मासु र अन्डाबाहेक सबै कुरामा अन्य देशसँग निर्भर रहनु पर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताए । 
उनले ईतिहासकै सर्बाधिक शक्तिशाली सरकार हाल रहेको भन्दै केन्द्र र स्थानीय तहमा  स्थिर सरकार बनेकाले विकासको गति बढ्ने बताए । 
प्रमुख ब्याञ्जुले पर्यटन,जल बिद्युत,कृषि ,उद्योग लगायत धेरै कुरामा अन्तर्राष्ट्रिय दातृ निकायहरुसँंग नेपालको बिकासका लागि सहयोग र सहकार्यमार्फत अघि बढ्ने विषयमा छलफल भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप