शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ११ कात्तिक २०७५, ०५ : ५७
आइतबार, ११ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक ११ गते । आईतबार । ईश्वी सन् २०१८ अक्टोबर २८ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि चतुर्थी,३० घडी २० पला,बेलुका ०६ बजेर २० मिनेट उप्रान्त पंचमी । नक्षत्र  रोहिणी,०८ घडी ३६ पला,बिहान ०९ बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग परिध,४८ घडि ४१ पला । करण वव,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त वालव ,बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त कौलव  । आनन्दादिमा धाता योग । चन्द्रराशि बृष,बेलुकी ०९ बजेर १८ मिनेट उप्रान्त मिथुन । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५३ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउँन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुँनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ भने साथिभाईहरु सँगै रहेर मिठो खाना खाने तथा रमाईले गर्ने अवसर जुर्नेछ ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने सवालमा  शक्तिशालि व्याक्तिहरुसँग प्रतिष्पर्धा गर्नुपदा आफु कमजोर भईनेछ । नोकरिमा झै झमेलाको सामना गर्नुपर्नेछ भने तपाईको खुट्टा तान्नेहरु सक्रिय लाग्नेछन् ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुँदा चिताएको काम सम्पादन गर्न सकिनेछैन । माया प्रेममा आफ्नो मायालुसँग दुरि बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिने सम्भावना रहेकोछ भने बिवादित बिषयहरु तपाईको पक्षमा सुनुवाई नहुँदा मन खिन्न हुनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  भाग्लेले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आउँने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु भताभुङग हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुँनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि एक अर्काबिच अबिश्वास बढ्ने तथा कामहरु प्रभावित हुँने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानि नगर्नुहोला लगानि फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनेछ भने पढाई लेखाईमा कमजोरिको महशुष हुनेछ । माया प्रेममा अबिश्वास गर्नाले दुरि बढ्नेछ  भने बिभिन्न सामानको प्रयोग गर्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय त्यति राम्रो छैन ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला ।  

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जानेछ भने सफल हुँने सुत्र पत्ता लगाउँन सकिने हुँदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ भने स्कुल कलेजमा गरिएको लगानिबाट प्रशस्त आम्दानि हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँनेछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँने योग रहेकोछ । आष मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्याबहार गर्नुहोला आलोचनाको शिकार हुँनुपर्नेछ । व्यापार व्यावसायमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउँनु होला । आमाको  तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुँने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थिहरुले पढ्न लेख्न मन नगर्दा पढाई बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रा गर्ने अवसर आएपनि गन्तब्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानि नहुँदा थप लगानि गर्ने बाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँन योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप