खेलकूदको माध्यमबाट पर्यटन विकास : मन्त्री अधिकारी
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् ।
पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज आयोजित पाँचौ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनु पर्नेमा जोड दिए ।
जनप्रतिनिधिले जनताको मन छुने गरी विकास निर्माणका कार्य गर्नु पर्नेमा जोड दिँदै उनले त्यसका लागि सङ्घीय र प्रदेश सरकारको आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले त्यसले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशसभा सदस्य विन्दु थापाले खेलकूदको विकासका लागि प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गरे । श्रृखला खेलमैदान भलाममा आज भएको उद्घाटन खेलमा श्रृखला (वी) ले त्रिशक्ति क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको क्लबका सचिव रमेश खत्रीले जानकारी दिए ।
प्रतियोगितामा विजयी टोलीले रु एक लाख एक हजार र उपविजेयताले रु ५५ हजार ५५५ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कात्तिक १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पोखरा र आसपासका विभिन्न ४१ वटा टोलीको सहभागिता रहेको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ३३ द्वारा भरतपोखरीमा आजै आयोजित विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले सरकार जनअपेक्षाअनुरुपका कामका लागि परेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण