गरगहना बेचेको रकम नदिएको भन्दै श्रीमतीको हत्या, श्रीमान फरार
-किरण कुमार कर्ण
जनकपुर । धनुषामा बहुविवाह गरेकी पत्नीसँग खटपट हुदाँ एक पतिले प्रेमिका समेत रहेकी धर्मपत्नीको हत्या गरेका छन् । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित सपही बस्ने २८ वर्षीय सञ्जय यादवले २४ वर्षीया पत्नी रुबी ठाकुरसँग विवाद हुँदा आवेगमा कुटपिट गर्दै हत्या गरेका हुन् ।
केहि दिनअघि रुवीले आफ्नो गरगहना बेचेको कुरा थाहा पाएपछि सञ्जय यादवले सो रकमको लागि उनलाई कुटपिट गर्दै आईरहेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।
सञ्जय यादवसँग अन्तरजातिय विवाह गरेकी रुबी ठाकुरको हत्या शुक्रबार साँझ नै भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पति यादवले कुटपिट गरेपछि रुबी ठाकुर अचेत भएकी थिइन् ।
कुटपिटबाट पत्नी रुबी ठाकुर गम्भीर घाइते भएको थाहा पाएपछि डाक्टर बोलाउन गएको भनि घरबाट निस्केका सञ्जय उतैबाट फरार छन् ।
स्थानीयवासीका अनुसार पछिल्लो तीनचार दिनदेखि श्रीमान् श्रीमतीबीच विवाद हुँदै आएको र रुवीको श्रीमान सञ्जयको कुटाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।
फरार यादवको खोजी कार्य जारी रहेको उनले बताए ।
धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर ७ स्थित तारापट्टी बस्ने रामप्रसाद ठाकुरकी छोरी रुवी ठाकुरको ६ वर्षअघि हिन्दु परम्परा अनुसार जातमै सर्लाही जिल्लाको कविलासा गाउँका संजय ठाकुरसँग विवाह भएको थियो ।
तर, विवाहको एक वर्ष नबित्दै रुवी भागेर लक्ष्मीनिया गाउँपालिका निवासी सञ्जय यादवसँग अन्तरजातीय विवाह गरेकी थिइन् ।
रुवीले अर्को विवाह गरेपछि माइतीसँगको सम्बन्ध बिग्रेको थियो । रुवीले भागेर विवाह गरेपछि माइतीसँगको सम्बन्ध बिग्रेको भाई विनोद ठाकुरले बताए ।
सञ्जय यादवसँग प्रेम पश्चात केहि वर्षपछि रुवी ठाकुरले प्रेम विवाह गरेर अन्तरजातीय विवाह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण