शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई गरे आर्थिक सहयोग

आइतबार, ०८ साउन २०७४, १० : ०५
आइतबार, ०८ साउन २०७४

गुल्मी - गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गरेका छन् । 

जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका लागि रु ५० हजार गरी रु एक लाख सहयोग गरेका हुन् । 

नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले उक्त सहयोग रकमले विद्यायललाई ठूलो सहयोग पुगेको बताए । 

सहयोगीदाता केसीले आफू विदेशमा भए पनि आफ्नो गाउँ र ठाउँमा रहेका विद्यालयलाई आफ्नो कमाइको केही सहयोगले शैक्षिक विकासमा टेवा मिलोस् भनेर सहयोग गरेको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप