शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको चियापान : के छ खानेकुराको मेन्यूमा ?

शनिबार, १० कात्तिक २०७५, १५ : १६
शनिबार, १० कात्तिक २०७५

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम शनिबार भृकूटीमण्डपमा गरियाे । 

चियापान कार्यक्रममा सहभागिहरुका कारण भृटुकीमण्डप क्षेत्र  दिनभर भीडभाड हुन पुगेकाे थियो । 

चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियाे भने नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको थियो । 

यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियाे । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको  जनाइएकाे छ । 

नेकपा स्रोतका अनुसार अर्पण ब्याङ्केटलाई चियापानको ठेक्का दिइएको थियो । जसअनुसार ब्याङ्केटले २० हजार जनाको लागि नास्ता तयार पारेको जनाएको छ ।

ब्याङ्केटका एक कर्मचारीका अनुसार चियापान कार्यक्रमकै लागि कात्तिक ३ गतेदेखि निम्की, खस्ता कचौरी, लड्डूलगायत तयार गर्न थालिएको थियो । जसका लागि ३ गतेदेखि नै २० जना कूक खटिएका थिए । 

आजको चियापानका लागि फिल्डमा अर्पण ब्याङ्केटका १५० कर्मचारी खटिएको पनि जनाइएको छ । 

नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको हो ।

विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा  नेकपाले चियापान कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।  

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) काे पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप