चिनीको बिक्री बन्द
लहान-साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् ।
सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् ।
प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र नूनको बिक्री वितरण गर्दै आएकामा उक्त शाखाले यस वर्ष सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै सहुलियत दरमा चिनीको बिक्री वितरण गर्ने कार्यसमेत बन्द गरिएको जनाएको छ ।
सरकारले भारतबाट चिनी ल्याउन प्रतिबन्ध लगाएको र स्वदेशी चिनीको मूल्यसमेत निर्धारण गर्न नसक्दा बजारमा चिनीको कालोबजारीसमेत शुरु भएको उपभोक्ता बताउँछन् । व्यापारीले चिनीको कृतिम आभाव देखाउँदै चर्को मूल्यमा चिनी बिक्री गर्न थालेकोे स्थानीयवासी सुमित साहले बताए । बजारमा व्यापारीले मनपरि मूल्य बढाएर चिनी बिक्री गर्दै आएको उपभोक्ताको गुनासो छ । चिनीको मूल्य निर्धारण नभएसम्म बिक्री वितरण गर्न नसकिएको उक्त शाखाका प्रमुख जीतेन्द्र साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण