शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निरोगी बन्न यस्ता खाना खाने गरौं

शनिबार, १० कात्तिक २०७५, १२ : १२
शनिबार, १० कात्तिक २०७५

काठमाडौं– निरोगी हुनका लागि खानेकुराको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो समय घरमा भन्दा पनि रेष्टुरेन्ट तथा होटलमा खाने क्रम बढ्दो छ । जुन खाना हाम्रो स्वास्थ्यको लागि फाइदाजनक नहुन पनि सक्छ ।

शरीरलाई रोगसँग लड्नको लागि यस्ता खानाकुराले मद्धत गर्दछ : 
–आँप, मेवा, अमला, अम्बा, केरा, भुइँकटहर, आरु, अारुबखडा, चुत्रो, काफल, लिचि, गोलभेडा आदि स्वास्थ्यको लागि फाइदा जनक फलफूल हुन् । जुन नियमति खानाले स्वास्थ्यमा रोग लाग्ने सम्भावना कम हुन्छ । 

–रायो, चम्सुर, पालुङ्गो, मेथी, काउलीको पात, मूलाको पात, कर्कलो, फर्सीको मुन्टा, सिस्नु, लट्टे, बेथे, धनियाँ आदि फलफूल भान्सामा प्रयोग गर्नुपर्छ । 

– अन्य तरकारीमा –भेडे खुर्सानी, रामतोरिया, सिमी, बोडी, फर्सी, बन्दा, काउली, भ्यान्टा, करेला,बरेला, इस्कुस, लौका, मूला, गाजर, गान्टेमुला आदि । यसका साथै जंगलमा पाइने खान हुने फलफूल, तरकारी तथा सागपात जस्तै निउरो, जलुको आदि पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

यस्ता खानाबाट शरीरलाई हुने फाइदाहरु 
–यी समूहका खानेकुराले रोगसँग लड्ने क्षमता बढाउँछ । हरियो र पहेँलो खानेकुरामा भिटामिन ‘ए’ पाइन्छ । यस्ता खानेकुराले आँखा स्वस्थ राख्ने, छाला नरम पार्ने, आन्द्रा स्वस्थ राख्ने काम गर्छ । 

–रेसा भएका खाद्यपदार्थ राम्ररी पच्ने हुँदा कब्जियत हुन पाउँदैन र सागपातमा फलाम तत्व पाइने हुँदा यसले रगत बढाउने काम गर्छ ।  फलफूलमा पाइने भिटामिन ‘सी’ ले रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । 

–हरिया सागपात, दाल, भात, रोटीसँग अमिला फलफूल जस्तै कागती, गोलभेँडा, अमला खाएमा शरीरमा रगत बनाउन र फलाम तत्व शोषण गर्न मद्धत गर्छ । मूला, गाजर, सलगमको जरा र पातले पनि पोषण दिन्छ । 

ध्यान दिनुपर्ने कुरा 
–सागपात पहिला राम्रोसँग पखालेर टुक्रा पारेर पकाउनुपर्छ । किनकी टुक्रा पारेपछि पखाल्दा सागमा रहेको पोषकतत्व पानीसँग मिसिएर खेरा जान्छ । 

–साँग चुलेसीले भन्दा पनि हातले टुक्रा पार्दा पोषण तत्व खेरा जान पाउँदैन । सागपात पकाउदा अलिकति तेल हालेर छोपिछोपि पकाउनु पर्छ  । धेरै बेर पकाएमा यसको स्वाद र पोषण समेत नष्ट हुन्छ ।

–सागपात सुकाउँदा राम्ररी पखालेर मात्र घाममा नपर्ने गरी सुकाउनुपर्छ । यसरी छायामा तर हावा आउने ठाउँमा सफा सुकाएको सागपातमा पोषण तत्व खेरा जाँदैन । 

र यो पनि,
६ महिना पुगेका बच्चालाई हरियो सागपात,फलफूल जस्ता शरीर सुरक्षा गर्ने खानेकुरा खान दिएमा बच्चाको शरीरले विभिन्न रोगसँग लड्न सक्छ । सधैँ स्वस्थ एवम् फूर्तिलो रहन्छन् । तर साना बच्चाले सजिलै खान नसक्ने भएकाले सागपात पिँधेर लिटोमा पकाई खुवाउनुपर्ने हुन्छ । 

–डा अरुणा उप्रेतीको पोषणसम्बन्धी पुस्तकको सहयोगमा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप