मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मानो रोपेर मुरी फल्यो : धान भित्र्याउने चटारोका २१ तस्बिर

शनिबार, १० कात्तिक २०७५, ११ : ३९
शनिबार, १० कात्तिक २०७५

ललितपुर– ललितपुरको खोकनाका किसानलाई यतिबेला फाँटका पहेँलपुर धान भित्र्याउन भ्याइनभ्याई छ ।  दशैंलगत्तै उनीहरु धान भित्र्याउन व्यस्त छन् ।

यतिबेला खोकताका किसान, धान काट्न, बिटा सुकाउन र झार्नका साथै भण्डारणमा व्यस्त भएका हुन् । 

मानो रोपेर मुरी फलाउँदा किसानहरु मख्ख त छन् नै यसवर्ष अनुकूल वर्षा हुँदा उत्पादन पनि बढेको छ ।

समयमै रोपाई सकिनु र रोग किराको प्रकोप पनि नदेखिएका कारण धानको उत्पादन राम्रो भएको किसानहरु बताउँछन् । 

धान भित्र्याउने व्यस्तताको क्षणलाई रातोपाटीका फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप