शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई सय ३५ रुपैयाँको सेकेन्ड ह्यान्ड सामान खरिद गरे, भेटे २१ लाखको हिरा

शनिबार, १० कात्तिक २०७५, ११ : ३५
शनिबार, १० कात्तिक २०७५

डेली मेल

अष्ट्रेलियाका एक जोडीले केही समय अघि दुई डलर (दुई सय ३५ रुपैयाँ) पर्ने सेकेन्ड ह्यान्ड बोर्ड गेम खरिद गरेका थिए । तर उक्त बोर्ड गेम खोलेर हेर्दा त्यहाँ करिब २१ लाख मूल्य बराबरको हिराको औंठीहरु भेटे ।

२७ वर्षे क्रिस लाइटफुट आफ्नी प्रेमिका म्यान्डि फ्ल्याकसँग यस वर्ष सिड्नीबाट क्यानडाको टोरोन्टोमा बसाइँ सरेका यो जोडीले उक्त हिराको औंठी भेटेका हुन् ।  

यद्यपी, उनीहरुले उक्त औंठी मालिकलाई फिर्ता दिने सोच बनाएर उक्त घटना अनलाइनमार्फत सार्वजनिक गरे ।

यो जोडीले उक्त माइन्ड ट्र्याप बोर्ड गेम बिदा मनाउन जाँदा प्रिन्स एड्वार्ड आइल्याण्डमा खरिद गरेका थिए । घटना अनलाइनमा भाइरल भएपछि बोर्ड गेमका मालिकले जोडीलाई सम्पर्क गरेका छन् ।

‘हामीलाई वास्तविक मालिकले सम्पर्क गरेका छन् । त्यसकारण हामी यी औंठी उहाँहरुलाई फिर्ता दिँदैछौं,’ लाइटफुटले न्यूज डट कम डट एयुलाई बताए ।

उनीहरुले बोर्ड जहाँ खरिद गरे, ती मालिक त्यही आइल्याण्डमा बस्ने उनले जानकारी दिए ।

आफ्नो परिवार घरमा आउँदा उनीहरुसँगै खेल खेल्नका लागि यो जोडीले बोर्ड गेम खेल्ने योजनासहित खरिद गरेको उनले बताए ।

‘एक दिन मेरा अभिभावक हामीलाई भेट्न आउनुभयो त्यसकारण बाहिर गएर रक्सी पिउने अवस्था नभएकाले घरमै बसेर बोर्ड गेम खेल्ने निर्णय गर्यौं,’ लाइटफुटले सेभेन न्यूजलाई भने ।

‘एकछिन खेलेपछि  आमा कार्ड थन्काउन थाल्नुभयो र त्यो आफ्नो ठाउँमा नअटेको गुनासो गर्न थाल्नुभयो,’ लाइटफुटले भने ।

‘तल माथि पल्टाएर हेरेपछि उहाँले एकपछि अर्को गर्दै ६ वटा हिराको औंठी निकाल्नुभयो ।’

‘ती ६ वटा हिराको मूल्य १८ हजार डलर हो । सुरुमा हिराको मालिक को हो भन्ने थाहा नभएर हामीले यसको मूल्यबारे जानकारी लिएका हौं,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप