शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

शनिबार, १० कात्तिक २०७५, १० : ५८
शनिबार, १० कात्तिक २०७५

काठमाडौं–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबीच शुुक्रवार पोखरामा भेटवार्ता भएको छ । 

मुख्यमन्त्री निवासमा अन्तरप्रदेश स्तरीय हितका सवालमा भेटवार्ता भएको बताइएको छ । 

   भेटघाट तथा छलफलमा मुख्यमन्त्रीहरुको पोखरा भेलामा अनुपस्थित रहेकोमा कर्णालीका मुख्यमन्त्री शाहीमाथी गुरुङले रोष प्रकट गरेका थिए भने शाहीले त्यतिबेला आफु हुम्ला रहेकाले आउन नसकेको बताएका थिए ।

 भेटघाटको क्रममा पोखराको पर्यटन र कर्णालीको पर्यटन जोड्ने, आन्तरीक हवाई सेवा तथा बस सेवा विस्तार गर्ने, प्रदेश स्तरीय अनुभव आदान प्रदान गर्ने र युवा उद्यमशिलता र रोजगारीकोलागि संयुक्त योजना निर्माण लगायत विषयमा छलफल भएको थियो । मुख्यमन्त्री शाहीका अनुसार छिट्टै अर्को भेट कर्णाली प्रदेशमा थप समझदारीको लागि हुने समेत जनाईएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप