शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भालुको आक्रमणबाट मृत्यु भएका धामीको परिवारलाई वनले दियो ५ लाख

आइतबार, ०८ साउन २०७४, ०९ : ११
आइतबार, ०८ साउन २०७४

-सम्राट सिंह
बझाङ - भालुको आक्रमणमा परि ज्यान गुमाएका परिवारले पाँच लाख राहत पाएका छन् । काँडा गाँउपालिका धलोनका अख्या धामीको परिवारले पाँच लाख राहत पाएका हुन् । 

खाडा जंगलमा भेडा चराउन गएका बेला भालुको आक्रमणबाट धामीको  मृत्यु भएको थियो । 

गतबर्ष चैत्र महिनामा भालुको आक्रमणबाट मृत्यु भएका धामीकी श्रीमती फुगीदेवीलाई जिल्ला वन कार्यालयका प्रमुख अशोक श्रेष्ठले पाँचलाखको चेक हस्तान्तरण गरे ।

'कमाउने श्रीमानको मृत्यु भएपछि खान लाउन पनि साह्रै समस्या भएको थियो ।' चेक बुझ्दै फुगीदेवीले भनिन् 'वन कार्यालयले राहत दिएपछि केही समस्या समाधान हुने भयो ।'

राहत पाएको रकम केटाकेटी पढाउन खर्च गर्ने उनले बताइन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप