शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भर्ना छनोटमा अनियमितता गर्नेमाथि कोर्ट मार्शल गरिँदै

शुक्रबार, ०९ कात्तिक २०७५, १८ : ५३
शुक्रबार, ०९ कात्तिक २०७५

–नारायण न्यौपाने 

काठमाडौँ । नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । 

सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो । 

उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दण्ड र सजाय सुनाउने छ । अदालतले कसूरको मात्र हेरर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ । 

सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदण्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो । 

अनुसन्धानको क्रममा समितिले करीब ३०० सोधपुछ गरेकोमा करीब १८० संलग्न रहेको भनी समितिले सिफारिश गरेको थियो । २०७४ सालको सैन्य भर्नामा अनियमिता भएको प्रतिवेदनको आधारमा करीब १८० माथि कोर्ट मार्शलको प्रक्रिया अघि बढेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । 

सैन्य भर्ना छनोटसम्बन्धी घटनामा यति ठूलो सङ्ख्यामा कोर्ट मार्शल भएको यो पहिलो घटना हो । यसअघि सैनिक अदालतमा सेनाभित्र खासगरी अनुशासन उलङ्घन, आर्थिक प्रलोभन र लागुऔषधमा संलग्नजस्ता विषयमा उजूरी पर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप