श्रम कार्यालय ताहाचालका २५ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयमा रही अनैतिक कार्य र भ्रष्टाचार गर्ने २५ कर्मचारीमाथि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नक्कली कागजात भन्ने जान्दाजान्दै घुस लिएर नक्कली कागजातमा श्रम स्वीकृति प्रदान गर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचाल कार्यालयका २५ कर्मचारीमाथि शुक्रबार भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
भ्रष्टाचारको मुद्दा दायर भएकाहरुमा ६ जना शाखा अधिकृत, १४ नायब सुब्बा र ५ जना कम्प्युटर अपरेटर रहेका छन् ।
यी कर्मचारीहरुले २०१७ को अगष्ट २५ तारिकदेखि २०१७ कै अक्टोबर २५ तारिकसम्म श्रम कार्यालय ताहाचालबाट नक्कली कागजात भन्ने जान्दाजान्दै आर्थिक लाभ लिएर श्रम स्वीकृति प्रदान गरेको आरोपमा उल्लेख छ ।
यस्तो थियो उजुरी र घटनाक्रम
ठीक एकवर्ष अगाडिनै श्रम कार्यालय ताहाचालमा कर्मचारीको सेटिङमा नक्कली कागजात खडा गरी नक्कली लगत राखी कुवेत जाने महिलाहरुलाई श्रम स्वीकृति प्रदान गरिएको उजुरी अख्तियारमा पर्यो ।
भिसा बिनानै नक्कली कागजात बनाएर उनीहरुले श्रम स्वीकृति दिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि छानबिन सुरु गर्यो । अनुसन्धानका क्रममा नक्कली कागजात र नक्कली भिसा खडा गरी श्रम कार्यालय ताहाचालबाट १ सय ८४ जना महिलाहरुलाई कुवेत पठाइएको र त्यहाँ उनीहरुको बिचल्ली भएको थियो ।
श्रम कार्यालय ताहाचालका कर्मचारीहरुले बदमासी गरेको थाहा पाउनेबित्तिकै श्रममन्त्री गोकर्ण विष्टले ती कर्मचारीलाई त्यहाँबाट मन्त्री हुने वित्तिक्कै सरुवा गराएका थिए । कर्मचारीहरुले बिचौलियासँग मिलेर आर्थिक लाभ लिई गलत काम गरेको पुष्टि भएपछि शुक्रबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
यी हुन् अख्तियारले मुद्दा दायर गरेका कर्मचारीहरु :
शाखा अधिकृत हरिप्रसाद देवकोटा,
शाखा अधिकृत दीपककुमार आचार्य,
शाखा अधिकृत गणेश विक्रम शाह,
शाखा अधिकृत दिनेश कुमार राई,
शाखा अधिकृत पवित्रा श्रेष्ठ,
शाखा अधिकृत रामप्रसाद ओली,
नायव सुव्बा अमरराज जोशी,
नायव सुव्बा विष्णुहरी निरौला,
नायव सुव्बा दिलबहादुर खत्री,
नायव सुव्बा हेमराज पाण्डे,
नायव सुव्बा कर्णबहादुर नेपाली,
नायव सुव्बा केदार घिमिरे,
नायव सुव्बा मदन गिरी,
नायव सुव्बा खगेन्द्र पोखरेल,
नायव सुव्बा लक्ष्मीदेवी भूषाल,
नायव सुव्बा नगेन्द्रप्रसाद गौतम,
नायव सुव्बा रविन्द्र घिमिरे,
नायव सुव्बा रघुनाथ केसी,
नायव सुव्बा योगेन्द्र खत्री,
नायव सुव्बा केशवराज ढुङ्गाना,
कम्प्युटर अपरेटर अमर महरा,
कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली,
कम्प्युटर अपरेटर डम्वर बहादुर विश्वकर्मा,
कम्प्युटर अपरेटर धनवीरसिंह भाट,
कम्प्युटर अपरेटर राजकुमार शाही,
अख्तियारले ताहाचाल कार्यालयमा काम गर्ने २५ जना सरकारी कर्मचारीमाथि मात्रै होइन,विचौलियाको र मध्यस्थकर्ताको काम गर्ने राजिवकुमार पञ्जियार विकास थापामाथि पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ ले हुने सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?