बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी महिलालाई विवाहको यति दबाब थियो कि उठाइन् यस्तो कदम

शुक्रबार, ०९ कात्तिक २०७५, १३ : ०९
शुक्रबार, ०९ कात्तिक २०७५

डेली मेल

एक महिलालाई विवाहको यति धेरै दबाब थियो कि उनले यसबाट बच्न निकै अचम्मको तरिका अपनाएकी छिन् ।

३२ वर्षीया अक्सफोर्डकी छात्रा लुलु जमिमाह सही व्यक्तिसँग घरबार बसाउने महत्वबारे परिवारको लेक्चरबाट आजित भइसकेकी थिइन् ।

तर चर्चित युनिभर्सिटीमा क्रिएटिभ राइटिङ पढिरहेकी उनले विवाहलाई अन्तिम लक्ष्यमा राखेकी छिन् ।

त्यसकारण आफ्नो परिवारको मुख बन्द गर्नका लागि उनले नक्कली विवाह गर्ने निर्णय गरिन् र विवाहमा सरिक हुन आफ्नो आफन्त र साथीभाइलाई निम्तोसमेत दिइन् ।

उनले भाडामा लिएको वेडिङ ड्रेस लगाइन् । आफन्त र साथीभाइको सामुन्ने दुलाहा नहुनुको कारण उल्लेख गर्दै भाषण पनि दिइन् ।

लुलुका अनुसार उनको यो निर्णयले आफ्ना युगान्डेली आमाबुवा चकित परेको तर यो निर्णयले आफूलाई आफै र अध्ययनप्रति प्रतिबद्ध बनाएको उनको धारणा छ ।

उनको विवाह दुई पाउन्डमा सम्पन्न भयो । उक्त दुई पाउन्ड विवाह स्थलसम्म पुग्नका लागि ट्याक्सी भाडामा खर्च भयो । साथीभाइ आफन्तले दिएका उपहारले त्यसदिनको बाँकी खर्च टरेको उनले जानकारी दिइन् ।

लुलु भन्छिन्, ‘म निकै उत्साही व्यक्ति हुँ । शिक्षा क्षेत्रमा उचित स्थान हाँसिल गर्ने मेरो लक्ष्य छ ।’

‘तर मेरो परिवारले मेरो विवाह योजनाबारे पटकपटक सोध्न थाल्नुभयो, जुन युगान्डामा निकै महत्वपूर्ण थियो । उहाँहरुले मैले कहिले सन्तान उत्पादन गर्ने र परिवार बसाउने भन्ने बारे पनि बारम्बार सोध्नुहुन्थ्यो ।’

‘मेरो बुवाले म १६ वर्षको हुँदा मेरो विवाहको भाषण लेख्नुभएको थियो । मेरो प्रत्येक जन्मदिनमा मेरी आमाले मैले राम्रो श्रीमान् पाओस् भनेर प्रार्थना गर्नुहुन्थ्यो ।’

‘तर विवाह मेरो प्राथमिकताको विषय होइन,’ उनले भनिन् ।

लुलुके केही समय फ्रिल्यान्स पत्रकरिता गरेर इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनमा कम्युनिकेशन कन्सलटेन्टको रुपमा काम गरिन् ।

तर सन् २०१३ मा उनले अष्ट्रेलियाको म्याकक्युरी युनिभर्सिटीमा बिए मिडिया फिल्ममा छात्रवृत्ति पाइन् ।

अन्डरग्रेजुएट डिग्री पूरा गरेपछि उनले मास्टर्सका लागि अक्फोर्ड युनिभिर्सिटीमा आवेदन दिइन् जुन सन् २०१७ अगस्टदेखि सुरु भयो ।

‘उनीहरुले मलाई छाने भनेर मैले विश्वास नै गर्न सकिनँ,’ लुलुले भनिन् ।

यस्तो सफलताका बाबजूद उनका परिवारका सधैं उनलाई सोध्ने गर्दथे, ‘कहिले प्रेमी बनाउने ? कहिले विवाह गर्ने ?’

‘त्यसकारण एकजना साथीको सल्लाहमा म आफ्नो जन्मदिनमा विवाहको पहिरन लगाएर उपस्थित हुने सोच बनाएँ,’ उनले भनिन् ।

‘विवाहको दबाब यति धेरै थियो कि त्यसदिन मैले आफैँसँग विवाह गर्ने सोच पनि बनाएँ,’ उनले थपिन् ।

लुलुले युगान्डास्थित क्युपासा बारमा अगस्ट २७ तारिखमा आफ्नो ३२ औं जन्मदिनमा आफैँसँग विवाह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप