गाउँपालिकाको नाम परिवर्तन : सुनकोशीको सट्टा 'लिङ्चिङ्बुङ' राखे जनप्रतिनिधिले
आइतबार, ०८ साउन २०७४, ०८ : ४४

उदयपुर - गाउँपालिकाको बहुमत बोर्ड सदस्यको बैठकले उदयपुरको सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ गाउँपालिका राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाको १३ सदस्यीय बोर्डका सदस्यमध्ये आठजना सदस्यले सुनकोशी गाउँपालिकाको नाम फेर्नु पर्ने प्रस्ताव ल्याएर बहुमतले पास गरेपछि सुनकोशी गाउँपालिकाको नाम फेरेर लिङ्चिङ्बुङ राख्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।
यसका लागि बैठकले निर्णय गरिसकेको र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएर स्वीकृत लिने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताए ।
सुनकोशी गाउँपालिका नेपालमा धेरै स्थानमा नाम रहेकाले यसको छुट्टै पहिचानका लागि किराँती राई भाषाबाट लिङ्चिङ्बुङ भन्ने बुकी फूलको नाम राखेर गाउँपालिकाको नाम फेर्न लागिएको स्थानीय प्रतिनिधिहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म