बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप

शुक्रबार, ०९ कात्तिक २०७५, ०९ : ४६
शुक्रबार, ०९ कात्तिक २०७५

कालीकोट - आगामी माघमा हुने आठौँ राष्ट्रपति खेलकूद प्रतियोगिातका लागि खेलाडी छनोट गर्न कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ मा प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता शुरु भएको छ । 

‘राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने नाराका साथ वडाध्यक्ष नरेशबहादुर बमको अगुवाईमा गोल्डकपको आयोजना गरिएको हो । यो कर्णाली प्रदेशकै प्रथम वडाध्यक्ष गोल्डकप प्रतियोगिता हुन पुगेको छ । 

भलिबल खेललाई प्राथमिकता दिइएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीले गरे । 

प्रतियोगितामा कालिकोटका नौ स्थानीय तहका नौ समूहले प्रतिस्पर्धा गर्नेछन् । खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका बीचको पहिलो खेलमा खाँडाचक्रले जितेको छ । 

प्रतियोगितामा प्रथमलाई ५० हजार नगद र पदक, द्वितीयलाई ३० हजार नगद र पदक, तृतीयलाई २० हजार नगद र पदक पुरस्कार दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप