बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नौ लक्षण जसले बताउँछ तपाईंलाई बुढ्यौलीले छुँदैछ

शुक्रबार, ०९ कात्तिक २०७५, ०९ : ३२
शुक्रबार, ०९ कात्तिक २०७५

बीबीसी

‘मलाई जैविक रुपमा त यस्तो कुनै पनि चिजबारे थाहा छैन जुन ढल्कँदो उमेरसँगै राम्रो भएको छ ।’

स्पेनको नेशनल सेन्टर फर अन्कोलोजिकल इन्भेस्टिगेशनका डाक्टर म्यानुअल सेरानोको यो वाक्य निराश बनाउने किसिमको छ ।

उनी साइन्स अफ एजिंग नामको किताब लेख्नेमध्येका एक हुन् । यी किताबमा शोधकर्ताले शरिरभित्र हुने ती मुख्य प्रक्रियाबारे उल्लेख गरेका छन् जुन बढ्दो उमेरसँगै निम्तिने गर्दछ ।

सेरानोले बीबीसीलाई भने, ‘यी त्यस्ता प्रक्रिया हुन् जुन निश्चित रुपमा भएरै छाड्छन् ।’

‘यो हरेक व्यक्तिमा कम वा धेरै देखिन सक्छ र यसको सबै श्रेय हाम्रो जीवनशैली र जेनेटिक्सलाई जान्छ । ’

स्तनधारी जीवमा बढ्दो उमेरसँगै यो लक्षण देखिन थाल्छ । यही लक्षणले उनीहरुलाई महसुस गराउँछ कि उनीहरुलाई बुढेसकालले छुँदैछ ।

१. डिएनएको क्षतीः

हाम्रो डिएनए एक प्रकारको जेनेटिक कोड हो जुन कोशिकाबीच संरचित हुन्छ ।

उमेर बढेसँगै यी जेनेटिक कोडको संचरणमा गडबडी हुन सुरु हुन थाल्छ ।

बिस्तारै यी कोसिकामा जम्मा हुन सुरु हुन्छन् ।

यो प्रक्रियालाई आनुवांशिक अस्थिरताको रुपमा चिनिन्छ र यो विशेष रुपमा त्यतिबेला प्रासंगिक हुन्छ जब डिएनए स्टेमले कोशिकालाई प्रभावित गर्ने गर्छ ।

आनुवांशिक अस्थिरताले स्टेम कोशिकाको भूमिकालाई खतरामा पार्न सक्छ ।

यदि यो अस्थिरता बढ्यो भने यो क्यान्सरमा परिवर्तन हुनसक्छ ।

२. क्रोमोसोम कमजोर हुनुः

हरेक डिएनए सूत्रको अन्तिममा क्यापजस्तो संरचना हुन्छ जसले हाम्रो क्रोमोजोमलाई सुरक्षित राख्छ ।

यसलाई टेलोमर्स भनिन्छ । हाम्रो जतिजति उमेर ढल्कन्छ यो क्यापरुपी संरचना हट्न थाल्छ र क्रोमोसोमको सुरक्षा कमजोर हुनथाल्छ ।

यसकारण समस्या पैदा हुनसक्छ ।

शोधकर्ताका अनुसार टेलोमर्सको संरचनामा जब गडबडी हुन्छ तब विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । यसको कारण फोक्सोसम्बन्धि समस्या र एनिमिया (रक्तअल्पत्ता) को खतरा बढ्ने गर्छ । यी दुबै रोग प्रतिरक्षासँग जोडिएका गम्भीर समस्या हुन् ।

३. कोशिकाको व्यवहार प्रभावित हुन्छः

हाम्रो शरिरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ जसलाई डिएनए एक्सप्रेशन भनिन्छ जसमा कुनै एक कोशिकामा भएको हज्जारौं जिन्सले ती कोशिकाले के गर्ने भन्ने कुरा तय गर्छ ।

उदाहरणका लागि, ती कोशिकाले छालामा हुने कोशिकाको रुपमा काम गर्ने हो वा मस्तिष्क कोशिकाको रुपमा, त्यो निर्धारण गर्ने गर्छ ।

तर समय र जीवनशैलीले यी निर्देशनलाई परिवर्तन गर्न सक्छन् । यस्तोमा कोशिकाले पनि आफ्नो तय व्यवहारभन्दा भिन्न तरिकाले व्यवहार गर्न सक्छ ।

४. कोशिकाको नविकरणको क्षमता समाप्त हुन्छः

हाम्रो कोशिकामा क्षतीग्रस्त अंशको संचयलाई रोक्नका लागि शरिरमा नविकरणको क्षमता हुन्छ ।

तर बढ्दो उमेरसँगै यो क्षमता बिस्तारै क्षीण हुने गर्छ ।

यस्तोमा कोशिकाले बेकार वा विषाक्त प्रोटिन जम्मा गर्न थाल्छ जुन थुप्रै पटक अल्जाइमरको कारण बन्ने गर्छ । थुप्रै पटक यसका कारण पार्किन्सन्स र मोतीबिन्दुको खतरा पनि बढ्ने गर्छ ।

५. कोशिकाले मेटाबोलिजमको नियन्त्रण गुमाउने गर्छः

बढ्दो उमेरसँगै कोशिकाले बोसो र चीनिको तत्वलाई सोस्ने क्षमता गुमाउने गर्छ ।

यसकारण मधुमेहको समस्या देखिन थाल्छ । उमेर बढेसँगै जसलाई मधुमेहको समस्या हुन्छ, उनीहरुमा विशेषरुपमा यहि कारण हुन्छ – बुढ्यौली शरिरले ती सबै पोषक तत्व ग्रहण गर्न सक्दैनन् जुन उनीहरुले खाने गर्छन् ।

६. माइकोकोन्ड्रियाले काम गर्न बन्द गर्छः

माइकोकोन्ड्रियाले शरिरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ तर समयसँगै यसले आफ्नो क्षमता गुमाउने गर्छ ।

यो कमजोर हुँदा डिएनएमा पनि नकारात्मक असर पर्ने गर्छ । जूनमा विज्ञान पत्रिका नेचरमा प्रकाशित भएको एक अध्ययनमा वैज्ञानिक माइकोकोन्ड्रियालाई पुनर्स्थापना गरेर मुसामा पर्ने चाउरीपनलाई हटाउन सफल भएको दाबी गरिएको छ ।

७. कोशिकाले जम्बीले झैं काम गर्छः

जब कुनै कोशिका अत्यधिक घाइते हुन्छ तब त्यो विघटित हुन त बन्द हुन्छ तर मर्दैन ।

यो जम्बी सेलले आफ्नो वरिपरिको कोशिकालाई पनि संक्रमित गर्न थाल्छ जसका कारण पूरा शरिर सुन्निने गर्छ ।

यो कोशिका उमेर र समयसँगै जम्मा हुन थाल्छ ।

८. स्टेम सेलले आफ्नो क्षमता गुमाउन थाल्छः

बढ्दो उमेरसँगै कोशिकाको पुनर्उत्पादन क्षमतामा पनि कमी आउने गर्छ ।

स्टेम कोशिका थाक्न थाल्छ । हालैको अध्ययनबाट यो पत्ता लागेको छ कि स्टेम कोशिकाको कायाकल्पका कारण बढ्दो उमेरको शारिरिक लक्षण देखिनबाट रोक्न सकिन्छ ।

९. कोशिकाले एक–अर्कासँग सम्पर्क गर्न बन्द गर्छः

कोशिका सधैं एक–अर्कासँगको सम्पर्कमा रहन्छ तर उमेर बढेसँगै उनीहरुको यो आपसी सम्पर्क घट्न थाल्छ ।

उनीहरुबीच सम्पर्क नहुँदा शरिर सुन्निने गर्छ ।

यसको नतिजा तिनीहरु रोगजन्य र घातक कोशिकाप्रति सक्रिय हुँदैनन् ।

सेरानोका अनुसार हुन त यो यस्तो प्रक्रिया हो जसलाई रोक्न सकिँदैन तर एक स्वस्थ जीवनशैलीबाट यसको प्रभावलाई कम पक्कै पनि गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप