मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डोटीमा दुर्घटनाका कारण एक वर्षमा २५ को निधन

बिहीबार, ०८ कात्तिक २०७५, १७ : ०९
बिहीबार, ०८ कात्तिक २०७५

डोटी– सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् । गत साउन महीनामा चार वटा सवारी दुर्घटनामा तीनजनाको, भदौ महिनामा १४ दुर्घटनामा सात जनाको र असोज महिनामा ११ दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो । 

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराका अनुसार सडकको अवस्था दयनीय हुनु, ट्राफिक नियमप्रति सचेत नहुनुुलगायत कारणले दुर्घटना बढेको हो । आव ०७२/०७३ मा १५५ सवारी दुर्घटनाबाट १२१ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै आव ०७३/०७४ मा १८४ दुर्घटनामा १३२ ले र आव ०७४/०७५ मा १६४ सवारी दुर्घटनाबाट १६६ ले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप