नेपाल गोल्डेन आइडल छैटौं संस्करणको अडिसन काठमाडौंबाट
काठमाडौं – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ ।
आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए ।
‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले भने ‘अन्तिम अडिसन भने २१ पुसमा पोखरामा राखिनेछ ।’
अडिसनमा सहभागीमध्ये हरेक जिल्लाबाट गायनतर्फ पाँच तथा नृत्यतर्फ पाँच गरि कुल ३ सय २० जना प्रतियोगी पहिलो चरणमा छान्ने आयोजकको योजना रहेको छ ।
अडिसन मार्फत छानिएका प्रतियोगिहरु विभिन्न १२ राउन्ड मार्फत नृत्यतर्फ ५ तथा गायनतर्फ ५ गरी १० जनाले फाइनलमा प्रवेश पाउनेछन् ।
आगामी चैत ३० गते शनिबार पोखरा सभागृहमा हुने प्रतियोगिताको ग्रान्ड फिनामा अन्तिम ५ मध्यबाट उतकृष्ट एकमा पर्ने विजेताले १० लाख नगद सहित बिभिन्न पुरस्कार र अवसर हात पार्ने मल्टिमिडियाका अध्यक्ष गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान