शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवादका बीच फेरि ३ वटा विधेयक ल्याउने तयारीमा प्रदेश २ सरकार

बिहीबार, ०८ कात्तिक २०७५, १० : ५०
बिहीबार, ०८ कात्तिक २०७५

 जनकपुर– प्रदेश २ सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट ३ वटा विधेयकलाई संसदमा लैजान सैद्धान्तिक सहमति लिने भएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ३ वटा विधेयकलाई सैद्धान्तिक सहमति दिने तयारी भएको जानकारी दिए । 

मन्त्री यादवका अनुसार लोकसेवा सम्बन्धी विधेयक २०७५, प्रशासन सम्बन्धी विधेयक २०७५ र निजामती कर्मचारी सम्बन्धी विधेयक २०७५ लाई सैद्धान्तिक सहमति जुटाउने मन्त्रिपरिषदको तयारी छ ।

बिहीबार अपरान्ह ४ बजे बस्ने प्रदेश २ को मन्त्रिपरिषद बैठकबाट विधेयकलाई सैद्धान्तिक सहमति दिन लागिएको हो ।

यसअघि प्रदेश २ सरकारले संघलाई ‘ओभरटेक’ गरेर विधेयकहरु ल्याएको भन्दै आलोचना हुँदै आएको छ । 

प्रदेश २ सरकारले गत २७ असोजमा विपक्षी नेकपाको विरोधका बाबजुत प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गराएको थियो । 

 संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ ।

मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममार्फत नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई संघलाई ओभरटेक नगर्न चेतावनी नै दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप