बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दर्भ पोलियो दिवस : पोलियो उन्मुलनबारे यस्ता छन् केही रोचक तथ्यहरु

बुधबार, ०७ कात्तिक २०७५, १९ : २४
बुधबार, ०७ कात्तिक २०७५

एजेन्सी– विश्व पोलियो दिवस अक्टोबर २४ मा विश्वभरी मनाइन्छ । यो दिवस मनाउनुको उदेश्य पोलियो उन्मुलनबारे जनचेतना फैलाउनु त हो नै साथै विश्व स्वास्थ संगठन तथा अन्य संगठनमार्फत यो उदेश्य हासिल गर्न लागि परेका हजारौं स्वयमसेवकप्रति सम्मान देखाउनु पनि हो । 

यसका साथै अक्टोबर २४ अमेरिकी चिकित्सा क्षेत्रका अनुसन्धानदाता तथा भाइरलोजिस्ट जोनास सल्कको जन्मोत्सव पनि हो । उनले नै पहिलोपटक सफल पोलियो खोपको आविष्कार र विकास गरेका थिए । 
विश्व स्वास्थ्य संगठनले सन् २०१८ को विश्व पोलियो दिवसको नारा ‘ अहिले पोलियो अन्त्य गरौं’ दिएको छ । विश्व स्थास्थ्य संगठनका अनुसार पोलियो अत्यन्त संक्रमणात्मक भाइरल रोग हो । यसको कुनै उपाचार छैन तर यसलाई खोपमार्फत रोकथाम गर्न सकिन्छ । 

निश्चित पटक पोलियो खोप दिइसकेपछि यसले जीवनभरको लागि पोलियोबाट जोगाउँछ । यही कारण पोलियो उन्मुलनको रणनीति भनेको विश्वमा एक मात्र पोलियो संक्रमित व्यक्ति रहेसम्म प्रत्येक बालबालिकाहरुलाई खोप लगाउने भन्ने छ । 

हाल पोलियो विश्वको अत्यन्त गरिब भाग र सिमान्तकृत समुदायमा मात्र बाँकी रहेको छ ।  यहाँ विश्व स्वास्थ्थ संगठनले प्रस्तुत गरेको पोलियो उन्मुलनबारे पाँच रोचक तथ्यहरु प्रस्तुत गरिएको छ ।

१. कयौं देशहरुमा पोलियो सुदुर विगतको कुरा हो तर पनि यो रोग अझै केही स्थानहरुमा विद्यमान रहेका छन् । यसले मुख्यत ५ वर्ष मुनिका वालबालिकालाई प्रभावित पार्छ । २०० मध्ये १ संक्रमितमा उपचार नहुने पक्षघात निम्तिन्छ, विशेष गरेर यो खुट्टामा निम्तिन्छ । पक्षघात भएकामध्ये पनि ५% देखि १०% स्वासप्रश्वास मासपेसी नचल्ने भएपछि मर्छन् । 

२. सन् १९९८ मा जब पोलियो उन्मुलनको उदेश्य राखेर ग्लोबल पोलियो इराडिकेसन इनिसियटिभ्स स्थापना भयो तब पोलियोले प्रत्यक वर्ष ३,५०,००० मानिसहरुमा पक्षघात गराउथ्यो । त्यो समयदेखि पोलियो संक्रमणको केस ९९% ले घटेको छ । पोलियोविरुद्धको खोप अभियानले १.६ करोड मानिसहरुलाई पक्षघातबाट बचाइसकेको छ । 

३.आज विश्वका तीन देशमा मात्र पोलियो प्रसार रोक्न सकिएको छैन । ती देशहरु पाकिस्तान,अफगानिस्तान र नाइजेरिया हुन् । सन् १९८८ यता ठूलो प्रगति भएपनि एक जनामात्रै बच्चा पोलियो भाइरसबाट संक्रमित रहेमा त्यसले विश्वभरका बालबालिकाहरुमा रोग सर्नसक्ने खतरा रहन्छ । 

४.पोलियोलाई पूर्णरुपमा उन्मुलन गर्न सकिन्छ । पोलियो भाइरसका तीन प्रजाति पाइएको छ र यीमध्ये कुनै पनि मानव शरीरबाहिर लामो समय बाँच्न सक्दैनन् । यदि भाइरसले खोप नलागाएको एउटा पनि मान्छे भेटेन भने यो आफै मर्छ । यसरीनै दोश्रो प्रकारको पोलियो भाइरस सन् १९९९ मा उन्मुलन गरियो । 

५.पोलियो हटाउने दुई प्रकारका खोपहरु उपलब्ध छन् । तिनको नाम ओरल पोलियो भ्याकसिन(ओपीभी) र इनयाक्टिभेटेड पोलियो भ्याकसिन( आईपीभी) हो । ओपीसी खाने खोप भएकाले यसलाई एक स्वयमसेवकले पनि दिन सक्छ । ओपीभीको एक डोजको मूल्य १४ अमेरिकी सेन्ट पर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप