शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के तपाईको एकभन्दा बढी सेभिङ्ग एकाउन्ट छ ? ख्याल गर्नुस्, नोक्सानी बेहोर्नुपर्ला !

बुधबार, ०७ कात्तिक २०७५, १८ : १६
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं– कसैको बानी हुन्छकि एक वा सो भन्दा धेरै सेभिङ्ग एकाउन्ट खोल्ने । जागिर परिवर्तन हुँदा होस् वा कम्पनी परिवर्तन हुँदा अर्थात एक ठाउँबाट अर्को ठाउँ सिफ्ट हुँदा होस् वा बिजनेसको लागि पनि एक वा सोभन्दा धेरै एकाउन्ट खोल्ने गरिन्छ ।

कसैले भने विभिन्न अफरहरुबाट आकर्षित भएर पनि बैंकहरुमा एकाउन्ट खोल्ने गर्छन् । तर उक्त एकाउन्टलाई पछि निरन्तरता दिन सक्दैनन् । कतिलाई थाहा नहुन पनि सक्छकि एकभन्दा धेरै सेभिङ्ग एकाउन्ट खोल्दा नोक्सानी बेहोर्नुपर्छ भन्ने । यस्ता नोक्सानीहरुबारे जानी राखौं ।

मिनिमम् ब्यालेन्स अनिवार्य :  

सेभिङ्ग एकाउन्टमा मिनिमम् ब्यालेन्स ० देखि हजारौंसम्म पनि हुनसक्छ । यसमा मिनिमम् ब्यालेन्स अनिवार्य हुनुनै पर्छ यदि भएन भने एकाउन्ट डोरमेन्ट हुनसक्छ । यसबाट एकाउन्ट एक्टिभ गर्न मिनिमम ब्यालेन्स भर्नुपर्ने हुन्छ र अन्य चार्जहरु पनि तिर्नुपर्ने हुन्छ ।

मेन्टेनेन्स फिस र अन्य चार्ज :

बैंक आफ्नो ग्राहकसँग एकाउन्टको लागि वर्षेनी मेन्टेनेन्स फिस अनि सर्भिस चार्ज लिनेगर्छ । यसले गर्दा यदि तपाईसँग धेरै एकाउन्ट छ भने सबैको लागि मेन्टेनेन्स फिस र अन्य सर्भिस चार्ज तिर्नुपर्छ ।  बैंकहरुले एकाउन्ट खोल्नको लागि फ्रि डेबिट, क्रेडिट कार्ड, ई–बैंकिङ्ग भने पनि बर्र्षैपिच्छे सर्भिस चार्ज लिने गर्छन् ।

बैंकको डेविट, क्रेडिट कार्डको फिस पनि तिर्नुपर्ने हुन्छ । यसैले सर्भिस फिस अनि अन्य चार्ज तिर्दा तिर्दा तपाईको धेरै रकम गइरहेको हुन्छ । तपाई आवश्यकभन्दा धेरै एकाउन्ट बन्द गरेर यी रकमको बचत गर्न सक्नुहुन्छ ।

एकाउन्ट डोरमेन्ट हुनसक्छ :

एकभन्दा बढी एकाउन्ट भएको खन्डमा हामी रेगुलर सवै एकाउन्टको प्रयोग गर्न सक्दैनौं । यस्तो अवस्थामा सेभिङ एकाउन्टमा कुनै ट्रान्जेक्शन नभएको खण्डमा एकाउन्ट डोरमेन्ट भइदिन्छ । ६ महिनासम्ममा कुनै ट्रान्जेक्शन भएन भने एकाउन्ट डोरमेन्ट भइदिन्छ । पछि उक्त एकाउन्टको रि–एक्टिभ गर्दा पून सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसमा तपाईलाई समय त लाग्छनै साथै झन्झटिलो पनि हुनेछ । 

इनकम ट्याक्स भर्न अप्ठेरो :

इनकम ट्याक्स रिटर्नको लागि निवेदन गर्ने समय तपाईका सबै एकाउन्टबारे जानकारी दिनुपर्ने हुन्छ । यदि तपाईसँग एकभन्दा ज्यादा एकाउन्ट छ भने योसँग सम्बन्धित सबै बैंक स्टेटमेन्ट लगायतको डिटेल्स समेट्नुपर्ने हुन्छ । यो झन्झटिलो हुनसक्छ । यदि कुनै डिटेल्स छुट्यो भने ट्याक्स अफिसबाट सोधपुछ हुनसक्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप