पत्रकार खशोग्गीको हत्यापछि साउदी सरकारले गर्यो यस्तो निर्णय
मङ्गलबार, ०६ कात्तिक २०७५, २३ : १०
रियाद- पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।”
राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रिपरिषद बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ ।”
खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण