पूँजीगत खर्च सात प्रतिशत
काठमाडौँ– सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको भए पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ ।
सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो ।
चालू आवको तीन महीना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको हो ।
सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको कामले भने सोचेअनुसार प्रगति हुन सकेको छैन ।
यस्तै सोमबारसम्म सरकारले रु दुई खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४ दशमलव ५२ प्रतिशतले राजश्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
एउटै विद्यालयमा तीन वर्ष पूरा भएका शिक्षकको सरुवा अनिवार्य, केहीलाई भने छुट
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण