बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्, ‘राष्ट्रपति कार्यालयमा सेनाका लागि कुर्सी हटाउँदा समस्या देखियो’

मङ्गलबार, ०६ कात्तिक २०७५, १७ : १३
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले शीतलनिवासमा टिका ग्रहण गर्दा घुँडा टेकेको प्रसँगलाई ब्यापक बढाईचाढाई गरिएको आरोप लगाएका छन् ।

उनले परम्परा अनुसार सेनाले टिका थाप्ने बेलामा कुर्सी निकालिएको हुँदा पछि समस्या देखिएको दाबी गरे ।

राष्ट्रपति निवासमा टिका ग्रहण गर्दा घुँडा टेकेको प्रसँगमा व्यापक टिप्पणी भैरहेको सुनाउँदै उनले भने,‘बास्तवमा त्यहाँ सेनाले टिका थाप्ने बेलामा कुर्सी निकालिएको रहेछ । त्यो सेनाको परम्परा हो । त्यसपछि अरुले टिका ग्रहण गर्दा आफ्नो आसनमा लगाउनुभयो । तर, बाहिर ब्यापक बढाईचढाई गरियो ।’ 

उनले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको पनि सुनाए । 

उनले प्रधानमन्त्रीलाई भेट्न पनि कुनै छेकबार नलगाईएको पनि स्पष्ट पारे ।

उनले भने,‘राजकीय काम र पार्टीगत भेटघाटको चाप छ । यसले गर्दा व्यस्तता देखिएको हो । विदेशी नियोगका प्रमुखहरुसँगपनि भेटघाट भैरहन्छ । तर, हामीले कुनै छेकबार गरेका छैनौं । प्रधानमन्त्रीज्यूको सरल स्वभाव भएको कारणपनि उहाँलाई सिधै भेट्न चाहनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप