बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षा संकायमा भर्ना गर्ने नीतिलाई पुनःविचार गर्नुपर्ने बेला आएको छ : मन्त्री पोखरेल

मङ्गलबार, ०६ कात्तिक २०७५, १४ : ०७
मङ्गलबार, ०६ कात्तिक २०७५

जनकपुर– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी परिवर्तन गर्न कार्ययोजना बनाइरहेको बताएका छन् ।

मंगलबार सिरहाको मिर्चैयामा सहिद गौरीप्रसाद साहको १५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा रुपान्तरणका लागि २२ बुँदे कार्य योजना अगाडी बढाइएको बताए ।
मन्त्री पोखरेलले परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा संकायमा भर्ना गर्ने नीतिलाई पुनः विचार गर्नुगर्ने अवस्था आएको भन्दै उनले अहिलेको शिक्षा प्राविधिक र सीपमुलक हुनुपर्नेमा जोड दिए ।

मन्त्री पोख्रेलले जलवायु परिवर्तनको समस्यालाई न्युन गर्न प्रत्येक विद्यालयमा वृक्षारोपण गरी हरित अभियान सञ्चालन गर्ने दावी गरे । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा ऐन बनाएर राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण गराएर कार्यान्वयनको क्रममा रहेको समेत मन्त्री पोखरेलले बताए ।

शहिदले देखाएको सपना साकार पार्नमा वर्तमान सरकार लागेको भन्दै मन्त्री पोखरेलले शहिदले देखाएको बाटोलाई अनुसरण गर्दै जाने बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सिरहा क्षेत्र नं. ४ ‘क’ प्रदेश सभाका सदस्य दिलिपकुमार साहले सहिदहरुको सपना पुरा गरी उनीहरुले देखाएको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप