मास्केको गोल अष्ट्रेलियामा ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयन
मङ्गलबार, ०६ कात्तिक २०७५, १२ : ५१
काठमाडौँ– नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो ।
अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ ।
मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिनेछ । वर्ष गोल अवार्डका लागि यही कात्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ । सर्वाधिक मत पाउने गोलले वर्ष गोल अवार्डको उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा