मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा पनि कर्मचारीले तलब पाएनन्

मङ्गलबार, ०६ कात्तिक २०७५, १२ : ३५
मङ्गलबार, ०६ कात्तिक २०७५

 

जुम्ला– नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । 

तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उनले बताए । 

‘आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’ उनले भने, ‘जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ, हाजिर कहाँ हुने, काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।’ 

प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् ।

‘तलब आउँछ, भन्ने आशमा दशैं पनि बित्यो तर पाइएन,’  उनले भने, ‘खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन ।’  सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप