शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिजुली बसमा प्रधानमन्त्री सरर (फोटो)

मङ्गलबार, ०६ कात्तिक २०७५, १२ : ३०
मङ्गलबार, ०६ कात्तिक २०७५

ललितपुर । साझा यातायात प्रा. लि. ले राजधानीमा विद्युतीय बस सेवा शुरु गरेको छ ।

ललितपुरको पुलचोकस्थित साझाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।

चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको ५ वटा विद्युतीय बस ल्याउने केही समयअघि नै घोषणा गरेको थियो ।

ती मध्ये दुईवटा बस काठमाडौँ आइसकेको छ ।

एडिबीले विद्युतीय बस खरिदमा सहयोग गरेको हो । यी बसहरु साझाको व्यवस्थापनमा रहनेछ ।

बसमा चालकसहित २० जना यात्रु रहेका छन् भने यो अपाङ्ग मैत्रीसमेत रहेको छ ।

प्रधानमन्त्री ओलीले विद्युतीय बस सेवाको उद्घाटन गर्दै विद्युतीय बसमा सिंहदरवारसम्म यात्रा गरेका थिए ।

कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौँका मेयर विद्यासुन्दर शाक्य तथा ललितपुरका मेयर चिरीबाबु महर्जनको पनि उपस्थिति रहेको थियो ।

हेरौँ केही तस्विरः 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप