बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण फुटबल खेलमा विवादपछि झडप, आधा दर्जन पक्राउ

मङ्गलबार, ०६ कात्तिक २०७५, १० : २३
मङ्गलबार, ०६ कात्तिक २०७५

कास्की ।  बडादशैंको अवसर पारेर कास्की माछापुच्छ्रे गाउँपालिका–१ स्थित हिमाली आधारभूत विद्यालयको खेल मैदानमा आयोजना गरिएकोको गाउँगाउँबीचको मैत्रीपूर्ण फुटबल खेलका क्रममा उत्पन्न विवादले झडपको रुप लिएको छ । 

गाउँपालिकाका रुम्जा र मिर्सा गाउँबिच खेल भइरहँदा खेलकै विषयलाई लिएर सामान्य विवाद भएपछि ठूलो रुप लिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता रविन्द्रमान गुरुङले बताए । 
खेल भएको दिन कार्तिक ३ गते विवाद हुँदा सोही दिन साँझ मिर्सा गाउँका युवाहरु मादक पदार्थ प्रयोग गरी रुम्जा गाउँका युवाहरुमाथि लाठी प्रहार गरी फरार भएका थिए । 

प्रहारबाट रुम्जा गाउँकी चन्द्रकुमारी पुन, धनबहादुर मगर, आनन्दकुमार पुन, सुजन पुन सख्त घाइते छन् । 

घटनामा संलग्न गाउँपालिका १ मिर्सा बस्ने वर्ष ३० का खजना गुरुङलाई सोही दिन पक्राउ परेका थिए । अन्य फरार ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको कमाण्डले आज सोमबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थान बस्ने वर्ष २० का विधान गुरुङ, वर्ष २४ का दले गुरुङ, वर्ष २५ का लक्ष्मण गुरुङ, वर्ष २२ का उमेश गुरुङ, वर्ष ३० का हिमाल गुरुङ छन् । 

पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि पक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप