शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको विधान केन्द्रीय सदस्यलाई नै थाहा छैन

मङ्गलबार, ०६ कात्तिक २०७५, ०६ : १७
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् ।  

अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरुले बताएका छन् । 

राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टी विधानबारे केन्द्रीय सदस्य नै अनभिज्ञ शिर्षकमा आजको कारोबारमा यो समाचार छापिएको छ । 

पार्टीले कुन संगठनात्मक ढाँचाअनुसार महाधिवेशन गर्न लागेको हो, सोबारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने र आयोगको अनुमति आवश्यक हुने भएकाले विधान आयोगमा पठाइएको हो । 

पार्टीका नेताहरुका अनुसार, निर्वाचन आयोगले यही साता विधानको अनुमोदित कपी उपलब्ध गराउने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप