शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई कोरिया र राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच महत्वपूर्ण सहमति

सोमबार, ०५ कात्तिक २०७५, २३ : २१
सोमबार, ०५ कात्तिक २०७५

सिओल-दुई कोरिया र अमेरिकी नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघीय सुरक्षा कमाण्डबीच सीमाक्षेत्रको केही भागलाई निशस्त्र गर्न सहमति भएको छ । 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्ने प्रयासमा भएको सफल कुटनीतिक प्रयासबाट कोरियाली प्रायद्वीपलाई विभाजित गरेको व्यापक सुरक्षाकर्मी तैनाथ रहेको उक्त सीमा क्षेत्रलाई निशस्त्रीकरण गर्ने सहमति भएको हो । 
“त्यहाँ रहेका तीनै पक्षले सीमा क्षेत्रमा रहेका विष्फोटक पदार्थ र सुरक्षा चौकीलाई संयुक्त सुरक्षा क्षेत्रबाट यही अक्टोबर २५ सम्म हटाउन भएका त्रिपक्षीय वार्तापछि सबै सहमत भएका छन्,” दक्षिण कोरियाली रक्षा मन्त्रालयले जारी एक वक्तव्यमा जनाइएको छ । 

सहमतिमा उनीहरूले ‘तीन–पक्षीय संयुक्त प्रमाणिकरण’ कार्यलाई आगामी दुई दिनसम्म सञ्चालन गर्नेछन् । शान्ति गाउँ पानमुनजोमको करिब २५० किलोमिटर अग्रभागमा दुवै देशका सैनिक बस्दै आएका र बेलाबखत तनाब हुने गरेको क्षेत्र हो । 

यो क्षेत्रमा सन् १९७६ मा उत्तर कोरियाली सेनाले सैन्य गतिविधि निषेधित उक्त क्षेत्रमा दाउरा काट्न गएका दक्षिण कोरियाली नागरिकलाई आक्रमण गर्नु पहिले तटस्थ क्षेत्रका रूपमा हेरिँदै आएको थियो ।

अझैपनि प्राविधिक रूपमा युद्धमा रहेका दुई कोरियाले उक्त क्षेत्रमा सैन्य तनाव कम गर्न आवश्यक उपायको अवलम्बन गर्ने दुबै मुलुकका उच्च अधिकारीको गत महिनामा भएको वार्तापछि प्रयास थाल्न सहमत भएका थिए । तर ‘जोइन्ट सेकुरिटी एरिया’का अधिकारी सम्मिलित सोमबारको बैठकले गत महिना भएको उच्च नेताहरूको सहमतिलाई कायान्वयनमा लाने निर्णय गरेको हो । एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप