बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय उद्घाटन हुँदै, प्रचण्ड लगायतका शीर्ष नेताहरु धनुषा जाने

सोमबार, ०५ कात्तिक २०७५, १९ : २३
सोमबार, ०५ कात्तिक २०७५

जनकपुर– वडादशैं, दिपावली र छठ पर्वलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय उद्घाटन गर्ने भएको छ ।  नेकपा प्रदेश नम्बर २ कमिटीले आयोजना गर्न लागेको चियापान समारोहसँगै पार्टी कार्यालय उदघाटन गर्न लागिएको हो । चियापान कार्यक्रमसँगै कार्यालय उद्घाटन हुने नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता रामचन्द्र मण्डलले जानकारी दिए ।

मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा हुने चियापान समारोह एवं प्रदेश कार्यालय उदघाटन गर्नका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ लगायतका शीर्ष नेताहरु आउने नेकपा संसदीय दलका नेता मण्डलले बताए ।

नेता मण्डलले तत्कालीन एमाले र माओवादी केन्द्रका सबै कमिटीहरु एकीकरण गर्न प्रदेश २ को ८ वटै जिल्लामा चारजना रहने गरि कार्यदल समेत गठन भैइसकेको जानकारी दिए ।

कार्यदलले जिल्लामा रहेका अलग–अलग पार्टी कार्यालयलाई एकीकृत गर्ने र अर्को व्यवस्थापन नहुञ्जेल नियमित सञ्चालन गर्ने, दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेका सम्पति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखहरुलाई अद्यावधि गरी प्रदेश कार्यालयमा पठाउने लगायतका कामहरु भइरहेको नेता मण्डलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप