शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले अदालतको आदेश कार्यान्वयन गरेन : प्रधानन्यायधीश मिश्र

सोमबार, ०५ कात्तिक २०७५, १८ : ५७
सोमबार, ०५ कात्तिक २०७५

बुटवल– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको बताएका छन् ।  भैरहवामा पत्रकारहरुसँगको संक्षिप्त कुराकानी गर्दै उनले अदालतले दिएका आदेश/फैसलाहरुमध्ये २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको आरोप लगाए । 

‘हामीले जति पनि फैसला/आदेश जारी गरेका छौँ, त्यसको २० प्रतिशत पनि सरकारले कार्यान्वयन गरेको छैन्’ उनले भने । उनले न्यायको अनुभूति दिलाउनका लागि सरकारले अदालतको आदेशहरुलाई कार्यान्यवन गर्नुपर्नेमा जोड दिए ।

उनले फेवाताल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएकोले दर्ता बदर गर्न अदालतले फैसला गरेको तर अहिलेसम्म सरकारले त्यसलाई कार्यान्वयन नगरेको भन्दै गुनासो समेत पोखे । 

मिश्रले कुनै पनि बाह्य र आन्तरिक शक्तिको प्रलोभन तथा आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसक्ने बताउँदै न्यायपालिकाले आफ्नो काम गरिरहेकोले न्याय क्षेत्र प्रभावित हुनै नसक्ने ठोकुवा गरे । 

उनले जिल्ला र उच्च अदालतलहरुले समयसीमाभित्र मुद्दाहरु फ्छर्यौट गर्ने गरे पनि न्यायधीशहरुको अभावमा सर्वोच्च अदालतमा मात्र मुद्दाहरुको चाप यथावत रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप