शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णनगरमा फेरि अनिश्चितकालीन कर्फ्यु जारी

सोमबार, ०५ कात्तिक २०७५, ०९ : ४४
सोमबार, ०५ कात्तिक २०७५

कपिलवस्तु– जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । 
गए राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो ।

विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो । मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप