मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३४ जना घाइते

सोमबार, ०५ कात्तिक २०७५, १८ : ०४
सोमबार, ०५ कात्तिक २०७५

काठमाडौं– सप्तरी, धनुषा र सिन्धुपाल्चोकमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् । सप्तरी अग्नीसाईर कृष्णसवरण गाउँपालिका–१ जन्डोलस्थित सडकमा बा.५ ख १४५१ नम्बरको माईक्रोबसले सोही स्थान बस्ने पैदलयात्री ६० वर्षीय अन्दुलाल चौधरीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सप्तरी शम्भुनाथ नगरपालिका–७ देवधारस्थित सडकमा ना.४ ख ४४७० नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बसका सहचालक काभ्रे घर भएका ४५ वर्षीय दिपक राईको सप्तऋषि अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको खर्चुहिया पोलिक्लिनिकमा उपचार भइरहेको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित सडकमा लक्ष्मीनियाँबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ त ११३ नम्बरको ट्याक्टरले ज.९ प.६१३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाइते भएका स्कुटरमा सवार सोही उपमहानगरपालिका देबिचोक बस्ने २८ वर्षीय सन्दिप नायकलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ भैसे बजारस्थित सडकमा बा.४ ख ९०१७ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकको छेउमा पल्टिदा ट्रकमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका१७ बस्ने ३६ वर्षीय लुते तामाङको घट्नास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा ट्रकमा सवार २६ जना घाइते भएकोमा १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको र १४ जनालाई उपचारको लागि काठमाडौं लगिएको छ ।  दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप