शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलीको कमाल : लक्ष्य पछ्याउने मामिलामा सचिनभन्दा औसत अढाई गुणा बढी

सोमबार, ०५ कात्तिक २०७५, १६ : २३
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । भारतले वेस्ट इन्डिजलाई गुवाहाटीमा आयोजित पहिलो एकदिवसीय खेलमा आठ विकेटले पराजित गर्यो ।

यस जीतमा रोहित शर्माले १५० तथा कप्तान विराट कोहलीले १४० रनको योगदान दिए ।

लक्ष्य पछ्याउँदै विराटले २२ औँ शतक लगाए । यसमध्ये २० पटक भारत लक्ष्य पछ्याउन सफल रहेको छ ।

विराटले यी शतक मात्र ७८ एकदिवसीय खेलको ७५ पारीमा लगाए ।

सफलतापूर्वक लक्ष्य पछ्याउने मामिलामा विराट सचिन तेन्दुलकरभन्दा पनि अघि रहेका छन् । लक्ष्य पछ्याउँदा सचिनले १२७ एकदिवसीय खेलमा १४ शत लगाएका थिए ।

सफलतापूर्वक लक्ष्य पछ्याउने क्रममा विराटको औसत ९८.२५ रहेको छ  । यो औसत सचिन तेन्दुलकरभन्दा अढाई गुणा धेरै हो । सचिनको औति ३७.५५ रहेको छ ।

विराटले ३ सयभन्दा बढी रन पछ्याउँदा आठ पटक शतक लाएका थिए । 

३ सय रनभन्दा बडीको लक्ष्य प्रस्तुत गरेको बेला विराटले आठ पदक शतक बनाएका छन् । अन्य कुनै पनि ब्याटस्म्यानले योभन्दा बढी शतक हान्न सकेका छैनन् ।

विराटले अहिलेसम्म ५३ एकदिवसीय खेलमा भारतको नेतृत्व गरेका छन् । यस दौरानले उनले १४ शतक लगाएका छन् । कप्तानका रुपमा सबैभन्दा शतक लगाउने मामिला पनि उनी दोस्रो स्थानमा रहेका छन् ।

उनीभन्दा अघि अस्ट्रेलियाका रिकी पोन्टिङ रहेका छन् । पोन्टिङले २३० वानडेको २२० पारीमा २२ शतक लगाएका छन् ।

विराटले यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पनि पूरा गरेका छन् । उनले पाँचौ पटक एक वर्षमा २ हजार वा सोभन्दा बढी रन बनाएका हुन् । 

यस मामिलामा उनले सचिन तेन्दुलकर र श्रीलंकाका महेला जयावद्र्धनेको बराबरी गरे ।

विराटले २१२ वानडेको २०४ पारीमा ३६ शतक बनाएका छन् । योसँगै उनी सबैभन्दा कम पारीमा ३६ शतक बनाउने खेलाडी बने । यसअघि यो किर्तिमान सचिन तेन्दुलकर (३११ पारी) को नाममा थियो ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ६० औँ शतक पनि पूरा गरेका छन् । उनी ६० शतक बनाउने पाँचौ ब्याटस्म्यान हुन् ।

उनीभन्दा अघि सचिन तेन्दुलर (१०० शतक), रिकी पोन्टिङ (७१ शतक), कुमार संगाकारा (६३ शतक) र ज्याक कालिस (६२ शतक) रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप